punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा नेकपा एसको तर्फबाट नरेश शाही मन्त्री बन्दै, कांग्रेसबाट कसको सम्भावना ?

Chaupati
safha napa

कैलाली । । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट नरेश शाही मन्त्री बन्ने भएका छन् । उनलाई आज मन्त्री बनाउने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको हो । बाजुराबाट प्रत्यक्ष निर्वाचित शाहीलाई आजै मुख्यमन्त्री कमल शाहले मन्त्रीमा नियुक्त गर्ने छन् । उनको मन्त्रालय निश्चित नभए पनि नेकपा एकीकृत समाजवादीले आर्थिक मामिला तथा योजना मन्त्रालयमा दाबी गरेको छ ।
मुख्यमन्त्री शाहले नेकपा एसका शाही र कांग्रेसबाट थप एक जनालाई मन्त्रीमा नियुक्त गर्ने छन् । कांग्रेसबाट भने प्रकाश देउवा मन्त्री बन्ने सम्भावना रहेको स्रोतको दाबी छ । उनी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
आज प्रदेश प्रमुख देवराज जोशीले साढे तीन बजे मुख्यमन्त्री शाहलाई शपथ गराउने छन् । त्यस लगत्तै दुई मन्त्री नियुक्त गर्ने जनाइएको छ ।


२७ माघ २०७९, शुक्रवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु