punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

त्रिकोणात्मक सिरिजका लागि १४ सदस्यीय टिम घोषणा, सन्दीप पनि समेटिए

Chaupati
safha napa

नेपाल क्रिकेट संघ ९क्यान० ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि १४ सदस्यीय टिम घोषणा गरेको छ।

क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई समेट्दै बिहीबार टिम घोषणा गरेको हो। क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीप पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन्।

नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, मुद्दाको किनारा नलाग्दै क्यानले निलम्बन फुकुवाको निर्णय गरेको थियो। उनीविरुद्ध बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो। उच्च अदालत पाटनको आदेशसँगै सन्दीप २० लाख धरौटी बुझाएर पुस २९ गते थुनामुक्त भएका थिए।

क्यानले घोषणा गरेको टिममा सन्दीप जोरा, कुशल मल्ल र भीम सार्कीले पुनरागमन गरेका छन्। सूर्य तामाङ पहिलोपटक राष्ट्रिय टिममा परेका छन्।

नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन्। नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ।

सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ। जुन खेल फेब्रुअरी १४ मा हुनेछ। यस्तै दोस्रो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्नेछ।

नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्नेछ। स्कटल्याण्डसँग फेब्रुअरी २१ मा खेल्नेछ।


२७ माघ २०७९, शुक्रवार ०७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु