punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकारले विश्वासको मत पाउने एमाले प्रदेश अध्यक्ष भण्डारीको दाबी

Chaupati
safha napa

कैलाली । नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम सरकारले आजै विश्वासको मत पाउने दाबी गरेका छन् ।

प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार नागरिक उन्मुक्तिका माग सम्बोधन गर्न तत्पर रहेको भन्दै विश्वासको मत पाउने बताए ।
आज सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने अन्तिम दिन हो । अघिल्लो महिनाको २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता रावलले आज १ बजे विश्वासको मत दिने गरि संसद् बोलाइएको छ ।

तर, नागरिक उन्मुक्तिका सांसद भने अझै कैलाली पुगेका छैनन् । यस बिषयमा प्रदेश अध्यक्ष भण्डारीले काठमाडौँ धनगढीको हवाई यात्रा १ घण्टाको रहेको भन्दै आजै सरकारले विश्वासको मत पाउने बताए ।

‘आजै सरकारले विश्वासको मत पाउँछ’ अध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा दाबी गरे ।
‘सांसद त सबै काठमाडौँमै छन् नि पत्रकारहरूको जिज्ञासामा’ उनले भने ‘यहाँको हवाई यात्रा १ घण्टा सम्म छ । उहाँहरू तोकिएकै समयमा पुग्नुहुन्छ र विश्वासको मत दिनुहुन्छ ।’

मन्त्री भण्डारीले सरकार अहिले जनताको अपेक्षा पुरा गर्ने योजनाका साथ अघि बढिरहेको समेत बताए ।


२६ माघ २०७९, बिहीवार १२:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु