punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

Chaupati
safha napa

काठमाडौं । बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन तोलामा १ हजार २ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो।

आज छापावाल सुनको मुल्य प्रतितोला १ हजार २ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ५ सय रूपैयाँ कायम रहेको छ ।

यस्तै तेजावी सुनको मुल्य भने १ लाख ७ हजार रूपैयाँ पुगेको छ । बुधवार छापावाल सुनको कारोबार तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा ‍भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधवार चाँदी प्रतितोला एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

 


१९ माघ २०७९, बिहीवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु