धनगढीमा फागुन ११ गतेदेखि प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
कैलालीको धनगढीमा देशकै सर्वाधिक धनराशीको धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
देशभरमै सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता प्रदेशमा सञ्चालन गर्न लागेको संयोजक मेम्बर सिंहले जानकारी दिए । प्रतियोगितामा खुल्ला पुरुष डबल, पुरुष तर्फ नै ४५ वर्ष माथिका भेट्रान र ५५ वर्षमाथिका भेट्रान गरि तीन इभेन्टमा प्रतियोगिता सञ्चालन गरिने संयोजक सिंहले बताए ।
खुल्ला पुरुष डबलमा प्रथमलाई १ लाख २१ हजार, द्धितियलाई ७१ हजार र तृतीयलाई ५१ हजार रकम पुरस्कारसंगै मेडल तथा ट्रफी प्रदान गरिने छ ।
४५ वर्षमाथिको भेट्रानमा प्रथमलाई ५१ हजार, द्धितियलाई ३१ हजार र तृतीयलाई २१ हजार नगद तथा ५५ वर्षमाथिको भेट्रानमा प्रथमलाई ३१ हजार, द्धितियलाई २१ हजार र तृतीयलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताए ।
प्रतियोगिताको जम्मा पुरस्कार राशि चार लाख नौ हजार हुने छ ।प्रतियोगितामा फागुन ९ गतेभित्र नाम दर्ता गरिने र १० गते टाई सिट निकालिने छ ।
१२ माघ २०७९, बिहीवार २३:२० बजे प्रकाशित































