punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वसन्त पञ्चमीको शुभकामना दिँदै मुख्यमन्त्री रावलले भने– शैक्षिक सुधार आवश्यक छ

Chaupati
safha napa

कञ्चनपुर। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमीको मुख्यमन्त्री रावलले शुभकामना व्यक्त गरेका हुन।

शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री रावलले प्रारम्भिक बाल विकास तहदेखि विद्यालय हुँदै विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताए।

प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीतिको निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासका लागि सरोकारावाला पक्ष एकजुट हुनु पर्नेमा उनले जोड दिए।

‘वसन्त पञ्चमीलाई सरस्वती प्रकट भएको दिन मानेर विद्याकी देवीका रूपमा पूजा आराधना गर्ने प्रचलन वैदिक कालदेखि नै चलिआएको छ । ज्ञानको भण्डार मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रङ्ग, कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘वसन्त पञ्चमीले एकातिर ज्ञानमा अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउँछ भने अर्कोतिर मानव जातिलाई असल र खराब छुट्याई असल कुरालाई ग्रंहण गर्न उत्प्रेरित गर्दछ ।’

सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु रहेको बताउँदै मुख्यमन्त्री रावलले विद्याले व्यक्तिको अन्तर्निहित क्षमता अभिवृद्धि गर्ने बताए।


१२ माघ २०७९, बिहीवार १५:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु