punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रिपोर्टर्स क्लबमा सुदूरपश्चिमका मुख्यमन्त्रीले भने – रेशम चौधरीको रिहाइका लागि सकारात्मक छु

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले कैदी जीवन बिताइरहेका रेशम चौधरीको रिहाइका लागि आफू सकारात्मक रहेको बताएका छन् ।आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री रावलले यस्तो बताएका हुन् ।

उनले भने ‘‘मानवीय संवेदना समुदायबिचको द्वन्द्वलाई अन्त्य गर्न छ, सामाजिक एकत्व खोज्नु जरुरी छ । सकारात्मक सोचले अगाडि बढ्न जरुरी छ । रेशमजी मेरो समाजको कम्पोनेन्ट हो, त्यत्ति बुझ्न जरुरी छ ।’’ त्यस्तै, उनले सुदूरको पीडा राष्ट्रिय स्तरमा जोडिन नसकेको गुनासो समेत गरेका थिए ।

मुख्यमन्त्री रावलले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिका लागि नभएको बताउनुहुँदै अबको पाँच वर्षको कार्यकालमा विगतलाई सम्मान गर्दै वर्तमानलाई क्रियाशील बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै काठमाडौँमा कुमारी प्रथाको देवत्वकरण भए जसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने मुख्यमन्त्री रावलले औँल्याए ।

‘‘सुदूरपश्चिमका लाखौँलाख झुपडीको एकत्वलाई मैले हेर्न जरुरी छ । सामाजिक विकृति र विसङ्गतिको क्षेत्रमा भएका समस्यासँग जुध्न जरुरी छ । काठमाडौँमा कुमारी प्रथाको देवत्व भयझैँ सुदूरका सामाजिक–सांस्कृतिक परम्परालाई उजागर गरेर भोलिका दिनमा उत्पादनका रुपमा ल्याउने चुनौती पनि मसँग छ ।,’’ मुख्यमन्त्री रावलले भने ।

सुदूरपश्चिमलाई सुदूर नभएर सुगम बनाउन हातेमालोका लागि पनि उनले आग्रह गरेका थिए ।


९ माघ २०७९, सोमवार १७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु