punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीप लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ स्थगित

Chaupati
safha napa

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध दायर भएको जगरजस्ती करणीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ हुने भनिएको थियो।

जिल्ला अदालतले सोमबारका लागि पेसी पनि तोकेको थियो। तर जाहेरवालाका तर्फबाट स्थगितको निवेदन दर्ता भएपछि पेसी सरेको हो। लामिछानेका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाका अनुसार अन्तिम बहसका लागि पेसी तोकिएको भए पनि अन्तिम समयमा जाहेरवालाबाट स्थगीतको निवेदन पेस भएको थियो।

काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशपछि मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका सन्दीप उच्च अदालत पाटनको केही दिन अगाडिको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप उच्च अदालत गएका थिए। उच्चले उनको निवेदनमा सुनुवाइ गर्दै शर्तसहित धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उच्च अदालतको आदेशानुसार उनी अहिले थुनामुक्त हुँदै मुद्दा लडिरहेका छन्।

एक नाबालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सन्दीपविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। मुलुकी अपराध संहिता अनुसार उनीमाथि नाबालिकामाथि बलल्तकार गरेको अभियोगमा कारबाही हुनुपर्ने सरकारी पक्षको दाबी थियो। तर सन्दीपले भने दुवै जना सहमतिमा घुमेको तथा आफूले करणी नगरेको दाबी बयानमा गरेका थिए।


९ माघ २०७९, सोमवार १३:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु