punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा २ नेपालीको अपहरणपछि हत्या गरेको अभियोगमा ९ जना पक्राउ

Chaupati
safha napa

भारतमा अपहरणपछि दुई नेपालीको हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्काका अनुसार नेपालमा ४ जना र भारतमा ५ जनालाई पक्राउ गरिएको हो।

जनकपुर उपमहानगरपालिका ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपछि हत्या भएको थियो।

उनीहरुको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरु प्रहरीले सार्वजनिक गरेको छैन।

‘उनीहरुको संलग्नता रहेको आशंकामा पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं। उनीहरु हत्या गरिएका व्यक्तिसँग कनेक्सन देखिएको छ। थप अनुसन्धानपछि सबै कुरा सार्वजनिक गर्छौं’, एसपी खड्काले भने।

दुई नेपाली २७ गते भारतमा अपहरणमा परेका थिए। अपहरणपछि फिरौती माग गरे पनि अपहरणकारीले उनीहरुको हत्या गरेका थिए। २८ गते प्रहरीमा जाहेरी परेपछि प्रहरीले अपहरणकारीको खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको थियो।

दुवैको शव आइतबार धनुषा ल्याएर अन्तिम संस्कार गरिएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ।


९ माघ २०७९, सोमवार १२:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु