punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आँपको प्रलोभन देखाई बालिका बलात्कार गरि हत्या, भारतीय नागरिक पक्राउ

Chaupati
safha napa

जनकपुर, असार २२ । जनकपुरमा आँपको प्रलोभन देखाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको भैँसी चराउन गएका बेला बलात्कारपछि हत्या गरेको आरोपमा उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सिंह चौधरी र मिश्र इण्डस्ट्रिजमा चार–पाँच महिना अघि काम गर्न आएका थिए । सिंहले इण्डस्ट्रिजमा आँप टिप्न आउँदा कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाई बगैँचाको एकान्त कुनामा लगेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।

हत्यापछि उनले शवलाई सोही ठाउँमा लुकाई भोलिपल्ट बिहान आफूले प्रयोग गर्दै आएको ब्ल्याङ्केटमा बेरेर दुधमति नदी नजिकको झाडीमा फालेका थिए । सिंहले प्रहरी समक्ष बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत १७ गते कञ्चन भैँसी चराउन आँपको बगैँचा पुगेकी थिइन् । त्यही दिनदेखि बेपत्ता भएकी कञ्चनको शव दुई दिनपछि अर्धनग्न अवस्थामा दुधमति नदी छेउमा फेला परेको थियो ।


२२ असार २०७७, सोमवार ०६:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु