कैलालीकी ईश्वरी न्यौपानेले गरिन् कांग्रेसबाट सभामुखमा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छिन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।
यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसी न्यौपानेलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन् ।
न्यौपाने कैलाली टीकापुरकी हुन् ।
अघिल्लो पटक पराजित उनी यस पटक समानुपातिक मार्फत सांसद भएकी हुन् ।
४ माघ २०७९, बुधवार १७:०६ बजे प्रकाशित































