punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगामी रणनीति तय गर्न सुदूरपश्चिममा कांग्रेस संसदीय दलको बैठक बस्दै

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा भोली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।

भोली बिहान ८ बजे संसदीय दलको कार्यालयका बैठक बस्न लागेको प्रदेश सभा सदस्य मेघराज खड्काले जानकारी दिए । भोली सभामुख मनोनयन तथा मुख्यमन्त्री दाबी पेश गर्ने अन्तिम दिन हो ।

सभामुख निर्वाचनको अघिल्लो दिन तथा मुख्यमन्त्री दाबी पेश गर्ने दिन बस्दै गरेको कांग्रेस संसदीय दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले सम्म नागरिक उन्मुक्ति पार्टीले कुन गठबन्धनलाई साथ दिने भन्ने बारे आधिकारिक निर्णय गरिसकेको छैन ।

कांग्रेस आफ्नो गठबन्धनमा आए मुख्यमन्त्री दिन तयार भएको जनाइसकेको छ । यस बिषयमा पनि भोलिको बैठकमा छलफल हुने जनाइएको छ । त्यस्तै नागरिक उन्मुक्ति एमाले गठबन्धनमा लाग्दा कांग्रेस गठबन्धन अल्पमतमा पर्ने छ । त्यस्तो अवस्थामा सभामुख पदमा उम्मेदवारी दर्ता गर्ने या नगर्ने भन्ने बिषयमा पनि भोली निर्णय हुने जनाइएको छ ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा कांग्रेसका १९ सांसद छन् ।


२६ पुस २०७९, मंगलवार २०:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु