मुख्यमन्त्री सुनिश्चित भएर फर्किदा विमानस्थलमा जे देखियो (फोटो फिचर)
कैलाली । सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति गरेको छ । यस अनुसार सुदूरपश्चिम प्रदेशमा राजेन्द्र रावल मुख्यमन्त्री बन्ने छन् ।
आजै रावल काठमाडौँबाट कैलाली आए । उनलाई स्वागत र बधाई दिन नेता कार्यकर्ता र सुभ चिन्तक विमान स्थलमै पुगेका थिए ।उनीहरुले सुदूरपश्चिम प्रदेशले सबल नेतृत्व पाएको भन्दै बधाई दिइरहेका थिए ।
२७ गते सम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय निर्धारण गरिएको । एमालेका रावल माओवादी केन्द्र राप्रपा र नागरिक उन्मुक्ति पार्टीको साथमा मुख्यमन्त्री बन्ने निश्चित भइसकेको छ ।उनले सबैलाई मिलाएर लैजाने बताएका थिए ।
तस्बिरमा हेर्नुहोस्










२५ पुस २०७९, सोमवार २१:४८ बजे प्रकाशित































