नि:शुल्क शैक्षिक भ्रमण लैजादै धनगढीको एलाइन्स इनटरनेशनल स्कुल
सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा सञ्चालनमा रहेको एलाइन्स इनटरनेशनल स्कुलले होटेल म्यानेजमेन्ट सङ्कायमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक भ्रमण गराउने भएको छ । निःशुल्क शैक्षिक भ्रमण अन्तरगत विमानमार्फत दक्षिण एसियाली सहर गोवा लैजान लागेको स्कुलले जनाएको छ।
सोमवार धनगढी सन्तोषी टोलस्थित स्कुलको भवनमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषय बारे जानकारी गराइएको छ । विगत ३ साल देखी उक्त निःशुल्क शैक्षिक भ्रमण लैजाने गरेको एलाइन्स इनटरनेशल मोडल स्कुल धनगढीका होटेल म्यानेजमेन्ट संकायका व्यवस्थापक नितिश जोशीले बताए।
उनका अनुसार निःशुल्क शैक्षिक भ्रमणका लागी हवाई टिकट समेत बुक भैसकेको सकेको छ । शैक्षिक अवलोकनका लागी स्कुलको होटेल म्यानेजमेन्ट सङ्कायमा अध्ययनरत २९ जना सहित स्कुलको होटेल म्यानेजमेन्ट सङ्काय व्यवस्थापन शाखा टिम पनि जाने भएको छ।
२५ पुस २०७९, सोमवार २१:५९ बजे प्रकाशित































