punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षामा प्रथम भएको रिसमा प्रतिस्पर्धी विद्यार्थीले गरे साथीको अपहरण

Chaupati
safha napa

पर्सामा एकै कक्षामा पढ्ने चार नाबालकले आफ्नै साथीको अपहरण गरेका छन्।

वीरगञ्ज महानगरपालिका–१६ का एक १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै चार जना साथीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक डीएसपी दीपक गिरीले जानकारी दिए।

आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर प्रहरीले उद्धार गरेको थियो।

अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले सोही रिसका कारण प्रतिस्पर्धी विद्यार्थीले अपहरण गरी बन्धक बनाएको पाइएको डीएसपी गिरीले बताए।

 


२५ पुस २०७९, सोमवार ०६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु