सुदूरपश्चिम : एमाले मुख्यमन्त्री, माओवादी सभामुख र नागरिक उन्मुक्तिलाई उपसभामुख
कैलाली । सत्ता गठबन्धनले सातै प्रदेशको मुख्यमन्त्री सभामुख र उपसभामुखको भागबन्डा टुङ्गो लगाएको छ ।
बालुवाटारमा भएको छलफलमा सुदूरपश्चिम सरकारमा एमाले र माओवादीले आलोपालो नेतृत्व गर्ने छन् । पहिले एमालेले नेतृत्व गर्ने सहमति भएको हो । यो सहमतिसँगै राजेन्द्र रावललाई मुख्यमन्त्री बन्ने ढोका खुलेको छ ।
त्यस्तै माओवादी केन्द्रले सभामुख र नागरिक उन्मुक्तिले उपसभामुख पाएको छ ।
२४ पुस २०७९, आइतवार २१:२५ बजे प्रकाशित































