punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सत्ता साझेदार दलबीच प्रदेशको भागबण्डा टुंगियो, कसले कहाँ पाउने?

Chaupati
safha napa

काठमाडौं– सत्ता साझेदार दलहरुबीच प्रदेशको भागबण्डामा सहमति जुटेको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा प्रदेशको भागबण्डाबारे सहमति जुटेको हो।

बालुवाटारमा जुटेको सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार गठन हुनेछ। यस्तै, कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनेछ।

बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ। मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ।

प्रदेश १ मा भने एमालेको नेतृत्वमा सरकार गठन भइसकेको छ। एमाले संसदीय दलका नेता हिक्मत कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाका ६० जनाको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।


२४ पुस २०७९, आइतवार २१:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु