punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नक्कली नोटसहित एकजना पक्राउ

Chaupati
safha napa

प्रहरीले नक्कली नेपाली रुपैयाँसहित कैलालीको धनगढीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय लाल बहादुर साउद छन् ।

धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहाबाट पक्राउ परेका आरोपीको साथबाट १ हजार दरका ४ हजार नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चुरे गाउँपालिका–६ घर भएका साउदलाई अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । आरोपीबारे जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान गरिरहेको छ ।

 


११ पुस २०७९, सोमवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु