punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा एमाले नेतृत्वको गठबन्धनलाई बहुमत, मुख्यमन्त्रीमा दुवै दलको दाबी

Chaupati
safha napa
सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि नेकपा एमाले नेतृत्वको गठबन्धनलाई बहुमत पुग्ने भएको छ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा मिसिएपछि यहाँ पनि १९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने अवस्था सिर्जना भएको हो ।
सरकार बनाउन २७ जनाको समर्थन चाहिनेमा नेकपा माओवादी केन्द्र११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टी७  र राप्रपा १ गरेर २९ सिटसहित नयाँ गठबन्धन सरकार बन्ने भएको हो । अब यहाँ नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्नेछ भने नेकपा एकीकृत समाजवादी पनि प्रतिपक्षीमा पुगेको छ ।
नेकपा एमाले सुदूरपश्चिमका सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले शीर्ष तहका नेताहरूबिच हुने समझदारीका आधारमा प्रदेश सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने कुराको टुङ्गो लाग्ने बताए । पाठकले संघीय सरकारमा शक्ति बाँडफाँट भएपछि प्रदेश सरकार गठनका विषयमा छलफल अघि बढ्ने बताए ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले पनि प्रदेश सरकारको नेतृत्व र मन्त्रालयको बाँडफाँट सबै दलहरूबिचको सहमतिका आधारमा हुने बताए । पण्डितले अहिले संघीय सरकार गठनको प्रक्रिया अघि बढेकाले छिट्टै प्रदेश सरकार गठनका सम्बन्धमा छलफल हुने उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा यसअघि पाँच वर्ष माओवादी केन्द्रले सरकारको नेतृत्व गरिसकेकाले भागबन्डामा क्रममा एमालेले मुख्यमन्त्री पाउन सक्ने आकलन गरिएको छ । तर कांग्रेससँगको गठबन्धनका क्रममा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दै आएको माओवादीले पनि सहजै नेतृत्व एमालेलाई छाड्ने सम्भावना नरहेको नेताहरू बताउँछन् ।
सुदूरपश्चिम प्रदेशमा अहिले एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेपछि केन्द्रबाटै भागबन्डाको आधारमा यहाँ मुख्यमन्त्री कसले पाउने भन्ने बारे निश्चित हुने नेताहरूको भनाइ छ ।

१० पुस २०७९, आइतवार २१:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु