punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा बढ्दै चोरीका घटना ,५ महिनामा ७५ उजुरी

Chaupati
safha napa

कैलाली । पछिल्लो समय कैलालीमा चोरीका घटनामा बृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा ५ महिनाको अवधिमा ७५ वटा चोरीका उजुरी परेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म ७५ वटा चोरीका उजुरी परेका प्रहरीले जनाएको छ ।

७५ वटा उजुरीमा ४१ वटा उजुरी दर्ता गरी चोरीमा संलग्नलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिए ।

सह–प्रवक्ता अधिकारीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र वर्दगोरीया गाउँपालिका क्षेत्रमा बढी चोरीका घटना भएका छन् ।

अनुसन्धानका क्रममा चोरीमा संलग्नहरू १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका र लागु पदार्थ दुर्व्यसनीमा लागेका व्यक्ति बढी देखिएका छन् ।

उनीहरूले घर तथा पसलहरूका ताला फोडेर नगद तथा गरगहना र अन्य सामानहरू चोरी गर्ने गरेको पाइएको सह–प्रवक्ता अधिकारीले बताए ।

 


९ पुस २०७९, शनिवार १४:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु