punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनिल गिरीको ‘जुम्ला’ सार्वजनिक, गीतमा टिकटकर ‘मिस पबी’ पनि

Chaupati
safha napa

धनगढी : चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ। ‘को होला त्यो’ फेम्ड गायक गिरीले आज (शुक्रबार) उक्त गीत सार्वजनिक गरेका हुन्।

सो गीतको भिडिओमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबीले पनि अभिनय गरेकी छन्। पबीसँगै रोशन केसी पनि गीतमा देखिएका छन्।

जुम्ला पुगेरै छायांकन गरिएको गीतका शब्द गिरीले अमन नीलसागरसँग मिलेर लेखेका हुन्। गीतको संगीत एवं संगीत संयोजन गायक गिरीकै रहेको छ।​

डडेल्धुराकी २३ वर्षीया पवित्रा साँकी टिकटकमा ‘मिस पवि’का नामले चर्चित छन्। टिकटकमा करिब ९ लाख फलोअर्स कमाएकी उनले चुनावअगाडि प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकालको पक्षमा खुलेर टिकटकबाट भोट मागेकी थिइन्। त्यसले उनको चर्चालाई अझै मलजल गरेको थियो।

स्थानीय भाषामा बोलेर उनले बनाउँदै आएका टिकटक भिडिओलाई दर्शकले निकै रुचाइँदै आएका छन्। उनै ‘मिस पवि’ले यसपटक चर्चित गायकको गीतमा अभिनयको मौका पाएकी हुन्।

उनले यसअघि पनि केही म्युजिक भिडिओमा अभिनय गरेकी थिइन्। ती म्युजिक भिडिओले खासै चर्चा भने पाएका थिएनन्। अहिले गायक गिरीसँग काम गर्न पाएर खुशी लागेको उनले बताएकी छन्।


९ पुस २०७९, शनिवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु