punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करण राई बने ‘भ्वाइस अफ नेपाल’ को विजेता

Chaupati
safha napa

काठमाडौं :  करण राई ‘द भ्वाइस अफ नेपाल’ को चौथो संस्करणको विजेता बनेका छन्। शुक्रबार भएको ‘ग्राण्ड फिनाले’ मा करण टिम राजुबाट विजयी भएका हुन्।

विजेता घोषणा भएसँगै उनले नगद २५ लाख रुपैयाँ प्राप्त गरे। उनले पल्सर एन एस १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री र ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार पनि हात पारे।

टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू ‘फर्स्ट रनरअप’ भइन्। टिम प्रमोदबाट योगेश मगर ‘सेकेण्ड रनरअप’ घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने। दर्शकको भोटको आधारमा विजेता घोषणा गरेको आयोजकले जनाएको छ ।

जित हात पारेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिन मेहेनत गर्ने बताए।


९ पुस २०७९, शनिवार ०८:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु