क्यान कैलालीको अध्यक्षमा ओझा
कम्प्युटर एशोसियसन महासंघ नेपाल (क्यान) कैलालीको अध्यक्षमा यज्ञराज ओझा निर्विरोध चयन भएका छन् ।
बुधबार कैलालीको गोदावरीमा भएको महासंघको १५ औं वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशनबाट ओझाको अध्यक्षतामा नौ सदस्य कार्यसमिति चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा प्रकाश देउवा, सचिवमा नरेन्द्र अवस्थी, सह–सचिवमा रामप्रसाद चौधरी, कोषाध्यक्षमा नविन चौधरी निर्विरोध चयन गरेको हो ।
यस्तै, सदस्यमा लक्ष्मीदत्त जोशी, राजेन्द्र विष्ट, रेखा चौधरी र राजुवेद चौधरी चयन भएका छन् । यस्तै केन्द्रिय प्रतिनिधिमा महासंघका पूर्वअध्यक्ष कर्ण पनेरु चयन भएका छन् ।
२२ मंसिर २०७९, बिहीवार ०७:२४ बजे प्रकाशित































