punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या

Chaupati
safha napa

सुर्खेतका अमरबहादुर आले मगरले श्रीमतीको विभत्स हत्या गरेका छन् । पञ्चपुरी नगरपालिका –३ तोक्माका आले मगरले खुकुरी प्रहार गरी मंगलबार श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरेर श्रीमतीको टाउको प्लास्टिकमा पोको पारेर हिडेकाले आले मगरको मानसिक सन्तुलन विग्रेको हुनसक्ने प्रहरीको भनाइ छ । अभियुक्त आले मगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

श्रीमतीको हत्या गरी भाग्दैगरेको अवस्थामा ३८ वर्षीय आले मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ३० वर्षीया मिना आले मगरलाई आलेले खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयले पनि बताएका छन् । पलाइटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

अभियुक्त आले मगरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


२१ मंसिर २०७९, बुधवार ११:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु