punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा चितुवा आतंक : आक्रमणबाट ६ जना घाइते

Chaupati
safha napa

डोटीमा चितुवाको आक्रमणमा परी ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका ५ बटाला गाउँका ६ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार चितुवाले मगंलबार अपरान्ह ५ बजेको समयमा एउटै टोलका ६ जनामाथि आक्रमण गरेको थियो । गोरु गोठमा बाँधेपछि घरको आँगनमा खेलीरहेका मानिसहरूमाथि चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट शारदादेवी बटाला, उहाँका ४ वर्षका छोरा सिद्ध बटाला सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षिया हसिना बटाला र किथ्थी गिरी घाइते भएका छन् ।

४ वर्षका सिद्ध बटाला र १५ वर्षिया लाली बटालाको अवस्था केही गम्भीर भए पनि बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बालक सिद्ध बटालालाई घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेपछि बचाउन जानुभएका उहाँको आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

त्यसअघि गाउँ नजिकै रहेको जंगलमा गोठाला गएका लालि, किथ्थी, हसिना र पुस्पालाइ पनि सोही चितुवाले आक्रमण गरेको थियो । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ । चितुवाले शारदा देवी बटालाको एक बाख्रालाई समेत आक्रमण गरेको थियो ।


२१ मंसिर २०७९, बुधवार ०८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु