punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा भिनाजुले हँसियाले हानेर सालाको हत्या, अर्का सालाको अवस्था गम्भीर

Chaupati
safha napa
कैलालीमा भिनाजुले सालाको हत्या गरेका छन् ।
जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ मा स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले  हँसिया प्रहार गरि साला नाता पर्ने  ३३ वर्षीय पदमराज भण्डारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
हँसिया प्रहारबाट अर्का साला नाता पर्ने ४० वर्षीय जयराज भण्डारी गम्भिर घाइते रहेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले जानकारी दिए ।
उनलाई उपचारका लागि कोहलपुर रिफर गरिएको छ। मंगलबार राति करिब ९ बजे भएको घटना पछि आरोपित ढुङ्गाना फरार छन्। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
हँसिया प्रहारबाट गम्भीर घाइते रहेका पदमराज भण्डारीको उपचारका क्रममा टिकापुर अस्पताल पुराउँदा डाक्टरले मृत घोषणा गरेका थिए । घटना बारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

२१ मंसिर २०७९, बुधवार ०८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु