विद्यालय जाने क्रममा लडेर एक विद्यार्थीकाे मृत्यु
विद्यालयमा अध्ययन गर्न जाँदा लडेर हुम्लामा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सूर्योदय माध्यामिक विद्यालय श्रीनगरमा कक्षा ९ मा अध्ययनरत अदानचुली गाउँपालिका- २ का १५ वर्षीय प्रशान्त थापा रहेका छन् ।
विद्यालयको काँडेतारले पोसाक च्यातिएपछि फेर्नको लागि विद्यालय नजिकको घरमा गएर फर्किने क्रममा डलेर उनको घटनास्थलमै मृत्यु भएको बताएका छन् ।
स्थानीयका अनुसार उनी बाटोबाट लडेर दुई मिटर लड्दा तल खसेका थिए । उपरिक्षक कृष्णराज ओझाका अनुसार खबर पाएर प्रहरीको टोली त्यहाँ पुग्दा थापाको मृत्यु भइसकेको थियो ।
१ मंसिर २०७९, बिहीवार १३:३४ बजे प्रकाशित






























