punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा मतदानअधिकृत चढेकाे जिप दुर्घटना

Chaupati
safha napa

निर्वाचन सामाग्री बोकिरहेको जिप बिहीबार डोटीमा दुर्घटना भएको छ । बडीकेदार गाउँपालिका वडा नं- ५ अत्तरकाँडामा जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मतदान अधिकृत दिनेश सिं रैखोला घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाका अनुसार सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बोकेर जिप बडिकेदार गाउँपालिका वडा नं- ५ मार्कोट स्थित मतदान केन्द्र गइरहेका बेला ब्रेकफेल भएपछि दुर्घटना भएको हो ।सो जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेको थियो ।


१ मंसिर २०७९, बिहीवार १३:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु