punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कतार विश्वकपमा सबैभन्दा बूढो टिम अर्जेन्टिना, सबैभन्दा युवा अमेरिका

Chaupati
safha napa

कतार विश्वकपमा सबैभन्दा बूढो टिम अर्जेन्टिना रहेको छ।टोलीका रहेका खेलाडीको उमेरका हिसाबले सबैभन्दा बूढो टोली अर्जेन्टिना देखिएको छ।

अर्जेन्टिनी टोलीमा रहेका २६ खेलाडीको औसत उमेर २७.७ वर्ष रहेको छ। टोलीमा रहेका कप्तान लियोनल मेस्सी र तीनै जना गोलकिपरसहित ९ जना कम्तिमा ३० वर्ष उमेरका छन्।

सबैभन्दा कान्छा खेलाडीका रुपमा २१ वर्षीय मिडफिल्डर एन्जो फर्नान्डेज छन्। ६ जना २४ वर्षका खेलाडी छन्। २२ र २३ वर्षका पनि एक एक खेलाडी छन्।

कतार विश्वकपको सबैभन्दा युवा टोली भने अमेरिका रहेको छ। टोलीमा रहेका खेलाडीको औसत उमेर २४.५ वर्ष रहेको छ।

टोलीमा कम्तिमा ३० वर्ष उमेरका ३ जना खेलाडी छन्। २५ वा सोभन्दा कम उमेरका खेलाडीको संख्या १५ रहेको छ। यस्तै २० वा सोभन्दा कम उमेरका ३ जना छन्।


१ मंसिर २०७९, बिहीवार ०८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु