punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसमः पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला

Chaupati
safha napa

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रदेश १, बागमती र गण्डकीका हिमाली भू९भागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ।

महाशाखाका अनुसार राति प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन भनेको छ। तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

 


१ मंसिर २०७९, बिहीवार ०६:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु