आगलागीमा परेर एक जनाको मृत्यु
भक्तपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं ६ राइटोल नजिकै बुधबार बिहान आगलागी हुँदा १ जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डे पुष्टि गर्नुभयो ।
उहाँका अनुसार ज्यान गुमाउनेमा २५ वर्षकी अस्मिता केसी रहेकी छन् । उहाँले भन्नुभयो,’आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको हो।’
सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् ।
३० कात्तिक २०७९, बुधवार १२:३८ बजे प्रकाशित































