प्रधानमन्त्री देउवा डडेल्धुरामा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज डडेल्धुरा गएका छन् ।
मंगलबार साँझ धनगढी पुगेका देउवा नेता तथा कार्यकर्तासंगको भेटघाटपछि आज डडेल्धुरा गएको कांग्रेस कैलाली सचिव नृप सुनारले जानकारी दिए ।
देउवाले डडेल्धुराका तीन क्षेत्र र बैतडीको एक क्षेत्रमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन् । डडेल्धुरामा प्रधानमन्त्री स्वयम लड्दै छन् भने बैतडीमा सत्ता गठबन्धनबाट माओवादीका नरेन्द्र कुवर चुनावी मैदानमा छन्। आफ्नो र माओवादीका उम्मेदवारको प्रचार गर्न देउवा डडेल्धुरा गएका हुन् ।
३० कात्तिक २०७९, बुधवार १२:०३ बजे प्रकाशित































