प्रधानमन्त्री देउवा धनगढी पुगे, भोलि डडेल्धुरा जाने
प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आएका छन् । भोलि गृह जिल्ला डडेल्धुरा र बैतडीमा हुने कार्यक्रममा सहभागी हुन देउवा आज धनगढी आएका हुन् । केही बेर पहिले देउवा धनगढी पुगेको कांग्रेस कैलाली सचिव नृप सुनारले जानकारी दिए । उनका अनुसार आज देउवा धनगढी बस्ने र भोलि डडेल्धुरा जाने छन् ।
देउवाले भोलि डडेल्धुराका तीन क्षेत्र तथा बैतडीको एक क्षेत्रको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको डडेल्धुरा कांग्रेसका सभापति भीम बहादुर साउदले जानकारी दिए ।
देउवा यसअघि पनि चुनावी सभामा सहभागी हुन गृह जिल्ला आएका थिए।
त्यस क्रममा उनी चार दिन सात वटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावी सभामा सहभागी भएका थिए।
२९ कात्तिक २०७९, मंगलवार १७:४६ बजे प्रकाशित































