punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ३४ जना कैदीबन्दीले मतदान गर्न पाउने

Chaupati
safha napa

कैलालीका ३४ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागार कैलालीमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ६१५ कैदीबन्दीमध्ये ३४ जनाले मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।

कैलाली कारागारमा रहेका ३४ जनाको मात्र मतदाता नामावलीमा नाम छ । ती कैदीबन्दीले अस्थायी मतदान केन्द्रबाट सामानुपातिक मतदानको अधिकार पाउने भएका छन् । जिल्ला कारागार कैलालीका जेलर बीरेन्द्र बोहराले कैदीहरुको मतदाता नामावलीमा एक महिलासहित ३४ जनाले मात्र मतदान गर्न पाउने भएको बताए ।

उनका अनुसार ३४ जना कैदीहरुले कारागारकै अस्थायी मतदान केन्द्रमा मतदान गर्नेछन् । जिल्ला कारागारमा बच्चासहित ४० महिला र ५७५ पुरुष कैदी छन् । लामो समयदेखि कारागारमा रहेकाहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न नपाएको उनले जानकारी दिए ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेम भट्टले जिल्लाका विभिन्न स्थानमा गरी ८ स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको बताए ।


२९ कात्तिक २०७९, मंगलवार १७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु