कैलालीमा गठबन्धनका उमेदवारको घरदैलोमा रहेको गाडी तोडफोड
कैलालीमा सत्तारुढ–गठबन्धनका उमेदवारको घरदैलो कार्यक्रममा रहेको गाडीमा तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ सत्तारुढ–गठबन्धनका उमेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ ।
घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको हो । तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटेको छ ।
आइतबार राति ८ बजे चुनावी प्रचारमा गाउँमा गएका बेला रोकी राखेको गाडीमा कसले तोडफोड गरेको हो भन्ने पचिहान हुन सकेको छैन । तोडफोड गर्नेको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
२८ कात्तिक २०७९, सोमवार ०९:३० बजे प्रकाशित































