आरजूको दाबी- गठबन्धनले ९५ प्रतिशत सीट जित्छ
कांग्रेस नेतृ डा. आरजू राणा देउवाले आगामी निर्वाचनमा सत्ता गठबन्धनले ९५ प्रतिशत सीटमा जित्ने दाबी गरेकी छन्।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धनले जित हुनेमा आफू विश्वस्त रहेको बताइन्। उनले भने, ‘म यहाँ छठ मनाउन र गठबन्धनको उम्मेदवारलाई जिताउन जनकपुर आएको हुँ। मलाई यहाँको कल्चर धेरै मन पर्छ। त्यही भएर यहाँ सरिक हुन आएको हो।’
सबैतिर मिलेर गएकाले दलहरूबिच भोट सहजै ट्रान्सफर हुने जिकिर गरिन्। राणाले भनिन्, ‘गठबन्धनले ९५ प्रतिशत जित्नेमा ढुक्क छु।
१३ कात्तिक २०७९, आइतवार १७:२७ बजे प्रकाशित































