punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चौमाला बजारमा आगलागी हुँदा ६ पसल जलेर नष्ट

Chaupati
safha napa

कैलालीमा आगलागी हुँदा ६ पसल जलेर नष्ट भएका छन् । गौरीगङ्गा नगरपालिका–१ स्थित चौमाला बजारमा आगलागी भएको हो । शनिवार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीबाट सुरु भएको आगलागी फैलिएर ६ ओटा पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट २ वटा किराना पसल, २ वटा मोबाइल पसल, १ वटा हार्डवेयर पसल र १ वटा होटेल गरी जम्मा ६ वटा पसलमा आगलागी भई क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रहरी, म्यादि प्रहरी, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी जोशीले बताए ।


१२ कात्तिक २०७९, शनिवार २१:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु