झिलिमिली बत्ती लगाउँदा करेन्ट लागेर कैलालीमा एक युवकको मृत्यु

तिहारमा घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर कैलालीमा एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका- ४ बलियामा १९ वर्षीय कमल बजगाईँको करेन्ट लागेर मृत्यु भएको हो ।

गएराति करिब ९:४० मा घरमा बत्ती लगाउँदा तार सर्ट भएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । करेन्ट लागेर घाइते भएका बजगाईँलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

 


१० कात्तिक २०७९, बिहीवार ०८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु