punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङ जिप दुर्घटना अपडेट: मृतकको संख्या ७ पुग्यो

Chaupati
safha napa

बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १६ जना घाइते भएका छन् । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेत कोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधवार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिप दुर्घ अवस्था चिन्ता जनक रहेको छ। दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालिका वडा नं २ खेतकोटका १३ वर्षीया सम्झना खटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये धेरैकोड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ बर्षिया वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ बर्षिया नरेन्द्र बोहरा रहेका छन् ।

दुर्घटनामा परि १६ जना घाइते मध्ये ५ जनाको अवस्था गम्भीर भएपछि धनगढी रिफर गरिएको छ । घाइते हुनेमा मष्टा गाउँपालिका– २ का ८ वर्षीय अमृत खड्का, १३ बर्षिया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्की देवी भण्डारी, २५ बर्षिया कमला कठायत, २१ बर्षिया नन्दा ओखेडा, ७५ वर्षीय वीर बहादुर खड्का, मष्टा गाउँपालिका १ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनीश ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ । जिप सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 


२ कात्तिक २०७९, बुधवार २०:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु