punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

Chaupati
safha napa

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका-४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मस्टातर्फ गइरहेको जिप दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी जागेश्वर भण्डारीले भने, ‘६ जनाको शव छ । अन्य घाइतेहरूलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन ।’ प्रहरीका अनुसार अहिले घाइतेहरूको उद्धार गर्ने क्रम जारी छ ।

 


२ कात्तिक २०७९, बुधवार १७:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु