punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भविष्य गठबन्धन दलकै छ,माधव नेपाल

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) केन्द्रका अध्यक्ष माधवकुमार नेपालले देशले लोकतन्त्रको माग गरेको बताएका छन्। सत्ता गठबन्धनले मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारको परिचय गराउन

काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले फेरि पनि लोकतन्त्र मासिने खतरा रहेको बताएका हुन्।

उनले आफ्नो निर्वाचन क्षेत्रले योग्य व्यक्ति पाएको बताए। अहिले आफूले काठमाडौंको निर्वाचन क्षेत्र छोडे पनि गठबन्धनले ओनसरी घर्तीलाई उठाउनु प्रशंसनीय भएको उनले बताए।

उनले नेपालमा अब भविष्य गठबन्धन दलकै भएको समेत बताए। ‘भविष्य गठबन्धन दलकै छ। गठबन्धन दल भइसकेपछि हल गर्न नसकिने केही छैन्,’उनले भने।

नेपालले काठमाडौं क्षेत्र नम्बर २ मा गठबन्धन दलले ‘कम्बिनेसन’ मिलाएर उम्मेदवार उठाएको बताए।

‘अझै ज्यादा तपाईंको समिपमा पुग्न सक्ने। तीन जना काबिल व्यक्तिहरु तपाईंले पाउनुभएको छ। ३ जनाको कम्बिनेसन मिलाइएको छ त्यसले तरंग पैदा गर्नेछ,’ नेपालले भने।

नेपालले विरोधीको चुनावी रणनीति पत्ता लगाउन पनि गठबन्धनका उम्मेदवारलाई निर्देशन दिएका छन्।

‘विरोधीले के के गरिरहेका छन् त्यो पनि पत्ता लगाउनुस। भ्रमको खण्डन गर्नुस,’ उनले भने।

 


३० असोज २०७९, आइतवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु