कैलाली- ५ बाट सत्ता गठबन्धनको उम्मेदवारी दर्ता
कैलाली क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उनले आज उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधि सभामा नेपाली काँग्रेसका डिल्ली राज पन्तले उम्मेदवार दर्ता गराएका छन् ।
यस्तै कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र (क) बाट नेकपा माओवादी केन्द्रका रमेश सिंह धामी र (ख) बाट प्रधानमन्त्री पत्नी आर्जूँ राणा देउवाका स्वकीय सचिव समेत रहेका नेपाली काँग्रेसका प्रकाश बहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् ।
२३ असोज २०७९, आइतवार १७:५४ बजे प्रकाशित































