punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सल्यानको कपुरकोटमा पहिरोले तीन घर पुरियो

Chaupati
safha napa

सल्यानको कपुरकोटमा पहिरोले तीन घर पुरिएका छन् । कपुरकोट गाउँपालिका ५ सल्लाममा तीन घर पहिरोले पुरेको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी घटनास्थल पुगेको छ । घटनाको पूरै विवरण आउन बाँकी रहेको छ । विहान अन्दाजी आठ बजेको समयमा घरमातिथबाट आएको पहिरोमा परेर तीन घर पुरिएका छन् भने १२ चौपायाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवम प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार केशर सिंह रानाको कच्ची घर र गोठ पुरिएको छ भने उनका चार वाख्रा मरेका छन् ।

यस्तै, वीर बहादुर रानाको कच्ची घर पुरिएको छ ।विजयी सिंह बुढाको कच्चि घर गोठ, एउटा भैंसि, दुइ गोरु, दुइ खसी तीन वाख्रा पहिरोमा परेर पुरिएका छन् । हालसम्म मानवीय क्षति भने भएको छैन ।


२१ असोज २०७९, शुक्रवार १२:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु