punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली उद्योग बाणिज्य संघद्वारा अर्थमन्त्रीलाई ९ बुँदे ज्ञापनपत्र

Chaupati
safha napa

महगीं र चर्को ब्याज नियन्त्रण गर्न माग राख्दै कैलाली उद्योग वाणिज्य संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार धनगढी पुगेका अर्थमन्त्री शर्मालाई कैलाली उद्योग वाणिज्य सङ्घले सुदूरपश्चिमका बिभिन्न उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै व्यवसायीका समस्या सहित ज्ञापन पत्र बुझाएको हो ।

सुदूरपश्चिमका क्रियाशील व्यावसायिक संघ संस्थाहरूको बैठक बसी महगीं र चर्को ब्याज विरुद्ध संघ उत्रिएको हो । यस बिषम परिस्थितिमा सिर्जित समस्या समाधानका लागी अर्थमन्त्री शर्मालाई ज्ञापन पत्र बुझाएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले लगानीमा बढाएको ब्याजदरले उद्योग व्यवसाय र समग्र निजी क्षेत्र धरासायी हुने अवस्था आएको भन्दै कुँवरले ब्याजको मारबाट प्रभावित निजी क्षेत्रलाई माथि उकास्न पहल गर्न मन्त्री शर्मालाई आग्रह समेत गरे ।

 

No description available.

No description available.

 


७ असोज २०७९, शुक्रवार १८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु