धनगढीको भाटभटेनीसहित दुई होटललाई जरिबाना

धनगढीस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रूपैयाँ जरिबाना गरिएको छ। भाटभटेनी सुपर मार्केटले सञ्चालन गर्दै आएको पेपे पिजा रेष्टुरेन्टले बजार मूल्यभन्दा झण्डै दोब्बर शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले जरिबाना गरेको हो।

वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयका सूचना अधिकारी ललित पन्तले मंगलबार गरेको अनुगमनका क्रममा ग्राहकसँग पेय पदार्थ र पानीमा बजार मूल्यभन्दा बढी रकम लिएको पाइएपछि भाटभटेनी सुपर मार्केटलाई २ लाख रूपैयाँ जरिबाना गरिएको जानकारी दिए।

उनका अनुसार धनगढीकै जलशा होटल र रोस्यो घर हस्पिटालिटीलाई पनि २/२ लाख रूपैयाँ जरिबाना गरिएको छ। उनीहरूले पनि पानी र पेय पदार्थमा बढी मूल्य लिएको पाइएपछि जरिबाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ।


६ असोज २०७९, बिहीवार १६:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु