धनगढीमा एक महिलाको उपचारका क्रममा मृत्यु

धनगढीमा बेहोस अवस्थामा अस्पताल पुगाइएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने अन्दाजी ३६ वर्षीया पुनम अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले अवस्थीको कैलाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार बुधबार दिउँसो घरमै विषादी सेवन गरेर बेहोस अवस्थामा भेटिएकी अवस्थीको बिहीबार बिहान ५ बजेतिर मृत्यु भएको हो । उनका दुई जना छोराछोरी छन् ।


६ असोज २०७९, बिहीवार ०८:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु