अनसन बसिरहेका डा. केसीको स्वास्थ्य जटिल बन्दै

स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै धनगढीमा अनसन बसिरहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गइरहेको छ ।

पोषण तत्व र पानीको मात्रा कम भएर स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको सेती प्रादेशिक अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

केसिको २०औं अनसनको आज सातौं दिन हो । उनको स्वासप्रश्वास बढेको, पाँच दिनमा तौल २ किलो घटेको छ ।


२ असोज २०७९, आइतवार १२:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु