धनगढीमा लागुऔषधसहित एकजना पक्राउ

धनगढीमा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका १३ एयरपोर्ट मोडबाट १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित फेला पारी अनुसन्धान भइरहेको बताइएको छ।


२ असोज २०७९, आइतवार ११:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु