सुदूरपश्चिममा दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ जना राज्यमन्त्री थप गरेका छन् । कार्यकाल सकिनै लाग्दा  मुख्यमन्त्री भट्टले शुक्रबार दुई प्रदेश सांसदलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।

उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन् । आजै नियुक्त भएका उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो ।

यस्तै यसअघि समाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्री रहेका कुलवीर चौधरी हालै नेकपा एमालेमा प्रवेश भएपछि उनको सट्टामा बुढाथोकीलाई नियुक्त गरिएको हो ।

 


३१ भदौ २०७९, शुक्रवार १९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु