कैलाली उद्योग वाणिज्य संघद्वारा कैलाली भन्सारका प्रमुख हमाललाई स्वागत

कैलाली उद्योग वाणिज्य संघले कैलालीका भन्सार कार्यालयका प्रमुखलाई स्वागत गरेको छ । धनगढीमा शुक्रवार उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गदै कैलाली भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमाललाई कैलालीमा स्वागत तथा भेटघाट गरेको हो ।

स्वागत तथा भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भन्सार कार्यालयका प्रमुख हमाललाई माला र खादाले स्वागत गरे ।

सो अवसरमा बोल्दै भन्सार कार्यालयका प्रमुख हमालले व्यापार सहजीकरणमा निरन्तर सुधार हुँदै गइरहेको बताए । सहजीकरण गर्न क्रममा पूर्वाधारहरु पनि तयार गरेको र अन्य भन्सार कार्यलयको तुलनामा कैलाली भन्सार कार्यालयको भवन राम्रो रहेको उनले बताए । घरबाटै अनलाइन फारम दर्ता र पैसा तिर्न सक्ने व्यवस्था समेत लागु गरिसेकेको उनल्र बताए। व्यापारीहरुले पनि भन्सार कार्यांलयको नियम अनुसार अगाडि बढन सक्यो भने व्यापारमा सहजीकरण गर्न अझ सहज हुने उनको भनाई थियो। खुल्ला सीमा नाका भएकाले पनि राजश्व असुलीमा निकै समस्या भएको उनको भनाइ छ ।

यस्तै कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले भन्सार कार्यालयका प्रमुख हमाललाई कैलालीमा स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए । खुल्ला सीमानाका र चोरीपैठारीले गर्दा व्यापारीहरु निकै मारमा परेको उनले बताए । चोरीपैठारीबाट भित्रिने सामानहरु ल्याब टेस्ट नहुँदा उपभोक्ताहरु अखाद्य वस्तु प्रयोग गर्न बाध्य भएको उनको भनाइ थियो ।

उनले सीमा नाकामै ल्याब टेस्ट गर्ने व्यवस्था गर्न आवश्यक रहेको बताए । कार्यक्रममा उद्योगी व्यवसायहरुले बिगतदेखि आफूले भोग्दै आएका समस्याहरु भन्सार कार्यलयका प्रमुख समक्ष राखेका थिए ।

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघकी कार्यकारी निर्देशक गोमा अधिकारीले गरेकी थिइन् ।


३१ भदौ २०७९, शुक्रवार १९:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु